तनहुँको व्यास नगरपालिका–१ मुसेखोलास्थित बुल्दी खोलामा ट्रक खसेर मृत्यु भएका चालकको पहिचान खुलेको छ । दुर्घटनामा मृत्यु हुने पोखरा महानगरपालिका–१९ का २८ वर्षीय अर्जुन गौतम रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षकले जानकारी दिएका छन् ।
गौतमको ट्रकले च्यापिएर घटनास्थलमै मृत्यु भएको हो । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ७ ख ९२३७ नम्बरको ट्रक शुक्रबार विहान साढे १२ बजे पृथ्वी राजमार्गबाट १० मिटर तल बुल्दी खोलामा खसरे दुर्घटना भएको थियो ।
ट्रकमा सवार नवलपरासी कावासोतीका १४ वर्षीय बालक राजकुमार विक घाइते छन् ।







प्रतिक्रिया लेख्नुहोस्