करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका– ९ कटुञ्जेका ५८ वर्षीय लोकनाथ गिरीको मृत्यु भएको हो ।
सोही गाउँपालिका–१० स्थित आफ्नै बेसीघरमा टर्चलाइट चार्ज गर्नेक्रममा करेन्ट लागेर उनको बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुखले जानकारी दिएका छन् ।
उनले घटनाबारे थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको जानकारी दिइएको छ ।







प्रतिक्रिया लेख्नुहोस्