२०८३ असार ५, शुक्रबार

जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु

जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । सुनसरीको बराह क्षेत्रमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको हो ।

बराह क्षेत्र नगरपालिका– ११ खत्वे टोल बस्ने ६५ वर्षीया ममनीदेवी खत्वेको सोमबार दिउँसो जंगली हात्तीको आक्रमणका कारण मृत्यु भएको जानकारी दिइएको छ । पोखरीमा घाँस काट्न गएकी ममनीदेवीलाई अचानक कोसीटप्पु वन्यजन्तु आरक्षण केन्द्रबाट आएको जंगली हात्तीले आक्रमण गरेको थियो।

हात्तीको आक्रमणबाट घाइते भएकी ममनीदेवीको उद्धार गरेर उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्