२०८३ असार ५, शुक्रबार

उपत्यकामा ४ सय २ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४०२ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा २ सय ६१, भक्तपुरमा ४३ र ललितपुरमा ९८ संक्रमित थपिएका हुन् । हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या पाँच हजार ३ सय ९३ रहेको छ ।

अहिले देशभर २० हजार १ सय ६४ जना होम आइसोलेसनमा, एक हजार ३ सय ६० जना संस्थागत आइसोलेसनमा, ३ सय ३५ जना आईसीयू तथा १ सय ७ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्