२०८३ असार १०, बुधबार

१५ वर्षीया बालिकाको सामूहिक बलात्कारको मुद्दामा संलग्न रहेको आरोपमा २८ जना पक्राउ

भारतको मुम्बईको प्रहरीले १५ वर्षीया बालिकाको सामूहिक बलात्कारको मुद्दामा संलग्न रहेको आरोपमा २८ जनालाई पक्राउ गरेको छ । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार सुरुमा बालिकालाई उनकै केटा साथी ९ब्वाइफ्रेन्ड०ले गत जनवरीमा बलात्कार गरेका थिए र त्यसको भिडियो पनि बनाएका थिए ।

त्यसपछि उनले र उनका साथीहरुले उक्त भिडियो देखाएर ब्याकमेल गर्दै सामूहिक बलात्कार गर्दै आएका थिए । प्रहरीका अनुसार बालिकामाथि मुम्बईको डोम्बीवली, बदलपुर, मुरबाद र रबालेमा सामूहिक बलात्कार भएको थियो । बुधबार राति बालिकाले प्रहरीमा उक्त घटनाबारे उजुरी दिएकी थिइन् ।

एनडीटीभीका अनुसार बालिकाले यो घटनामा संलग्न रहेको भन्दै ३३ जनाको नाम लिएकी छिन् । उनीहरुमध्ये सबैजसोलाई बालिकाले चिन्थिन् । २०१२ को निर्भया सामूहिक बलात्कारको घटनापछि भारतमा बलात्कारको मुद्दामा कडा कानुनी व्यवस्था गरिएको छ । यद्यपि भारतमा यस्ता घटना भने कम भएका छैनन् । एजेन्सी

 

प्रतिक्रिया लेख्नुहोस्