२०८३ असार ५, शुक्रबार

गैंडाको खागसहित काठमाडौंको गौशालाबाट एक जना पक्राउ

गैंडाको खागसहित प्रहरीले काठमाडौंको गौशालाबाट एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले संरक्षित वन्यजन्तु गैंडाको खागसहित ललितपुर महानगरपालिका–६ लगनखेल बस्ने ३० वर्षीय निकेश बस्नेतलाई बिहीबार पक्राउ गरेको हो ।

गौशालाको तिलगंगा क्षेत्रमा गैंडाको खाग तथा आखेटोपहारको अवैध ओसारपसार र बेचबिखन गर्न लागेको सूचनाको आधारमा उनलाई ४५ ग्रामको खागसहित नियन्त्रणमा लिएको ब्युरोले जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्