२०८३ असार ५, शुक्रबार

दसैँका लागि टिकट बुकिङ खुला, पढ्नुहोस् कुन ठाउँमा पाइन्छ टिकट ?

सरकारले आजदेखि काठमाडौं उपत्यकाबाट दसैँमा घर जानेहरूका लागि अग्रिम टिकट बुकिङ खुलाएको छ । आइतबार सिंहदरबारमा बसेको विकास तथा प्रविधि समितिको बैठकले दसैँका लागि अग्रिम टिकट बुकिङ सोमबार (आज)बाट खुलाउने निर्णय गरेको थियो ।

यातायात व्यवस्था विभागले अग्रिम टिकट अनलाइन वा मोबाइल बैकिङबाट काट्न आग्रह गरेको छ । विभागका महानिर्देशकका अनुसार मोबाइलबाट कनेक्ट आईपीएस, खल्ती, ईसेवा जस्ता डिजिटल विधिबाट टिकट खरिद गर्न सकिनेछ । महानिर्देशकले भने, ‘अनलाइन टिकट काट्ने यात्रुलाई एक लिटरको एक बोतल पानीको व्यवस्था मिलाइने छ । दसैँको समयमा बिचौलियाहरू बीचमा आउने सम्भावना रहन्छ । सम्बन्धित टिकट काउन्टरको पोसाक लगाएका र परिचयपत्र भएका मानिसहरूबाट मात्रै टिकट काट्नुहोला ।’

विभागका अनुसार कोरोना महामारी र स्वास्थ्य मापदण्डलाई मध्येनजर गर्दै काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट बस छुट्नेछन् । पश्चिममा चल्ने सवारीको टिकट नयाँ बसपार्कबाट काट्न सकिनेछ । पूर्वमा चल्ने सवारी साधनका लागि कोटेश्वर, चाबहिलबाट टिकट काट्न सकिनेछ ।

प्रतिक्रिया लेख्नुहोस्