रुपन्देहीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको ओमसतिया गाउँपालिका–१ लखनचोक बस्ने २६ वर्षीय दिपक परियारको आफ्नै घरमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेर अशक्त भएका परियारको उपचारकाक्रममा भीम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
गत हप्ता पनि बुटवलमा होडिङ बोर्डमा वाइरिङ्ग गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको थियो ।







प्रतिक्रिया लेख्नुहोस्