२०८३ बैशाख १९, शनिबार

सात जना पत्रकार सडक सुधार आयोजना कार्यालय परिसरबाट पक्राउ

दोलखाको चरिकोट-मुडे सडक अलपत्र पार्ने सडक बिभाग र ठेकेदार विरुद्ध आन्दोलन गर्न गएका पत्रकार पक्राउ परेका छन् । नेपाल महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा सहित सात पत्रकार लामोसाँघु-जिरी सडक सुधार आयोजनाको कार्यालयबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्ने पत्रकारहरुमा महासंघका केन्द्रीय सदस्य खतिवडा साथै चिरञ्जीवी मास्के, श्याम खतिवडा, गोकर्ण भण्डारी, सिर्जन घिमिरे, राजन बस्नेत र अर्जुन कार्की छन् । उनीहरुलाई तत्काल रिहाइ गर्न संचार सम्बद्ध संस्थाहरुले माग गरेका छन् ।

आन्दोलन समितिका संयोजकले सडक बिभागका प्रमुख र ठेकेदारको लापरवाही विरुद्ध यसअघि पनि आन्दोलन गरेको जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्