काठमाडौं महानगरपालिका-११ थापाथलीबाट एयरगनसहित एक युवक पक्राउ परेका छन्।
कैलाली घर भएका २१ वर्षीय जितेन्द्र नाथलाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । थापाथलीमा कोठामा बस्दै आएका जितेन्द्रले अवैध हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले कोठा तलासी गर्दा एयर गन फेला पारेको प्रहरीले बताएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।







प्रतिक्रिया लेख्नुहोस्