रौतहट फतुवा विजयपुर ११ हिमालिबासमा टिपरको ठक्करबाट एकजना माओवादी नेताको मृत्यु भएको छ। फतुवा विजयपुर ११ हिमालिबासमा टिपरको ठक्करबाट मोटरसाइकल चालक माओवादी नेता खेदु चौधरीको मृत्यु भएको हो ।
आइतबार राति साढे ८ बजे बा ३०प ८११५ नम्बरको मोटरसाइकललाई तीव्र गतिमा रहेको गुगल निर्माण सेवाको ना ८ ख ४२०२ नम्बरको टिपरले ठक्कर दिएको थियो। चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटना लगतै आक्रोशित स्थानीयहरूले निर्माण सेवाको २ वटा टिपरमा तोडफोड गरेका थिए ।टिपर चालक भने फरार रहेका छन् ।
चौधरीको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाइएको इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टरले बताएका छन् । मृतक खेदु चौधरी फतुवा विजयपुर ९ का माओवादी वडा कमिटी सदस्य रहेको माओवादी नगर अध्यक्षले जानकारी दिएका छन् । यसैबीच दोषीलाई कारबाही र क्षतिपूर्ति को माग गर्दै सोमबार बिहान विजयपुर बजारमा स्थानीय नेता कार्यकर्ताले प्रदर्शन गरेका छन् ।







प्रतिक्रिया लेख्नुहोस्