मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ५८२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ हजार ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ११ हजार ७०८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ७६३ जना र ६ हजार ८७४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ०२ हजार ५६६ पुगेको छ ।
कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ११८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ७९ हजार ४९५ पुगेको छ ।पछिल्लो २४ घण्टामा देशभर १८ हजार ५८२ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ४१ लाख २७ हजार ७४६ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप २७ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार २३९ पुगेको छ ।







प्रतिक्रिया लेख्नुहोस्