२०८३ असार ३, बुधबार

काठमाडौंमा कक्षा ११ र १२ का विद्यार्थीलाई कोभिड विरुद्धको खोप दिइदैँ

आजदेखि काठमाडौंमा कक्षा ११ र १२(१८ वर्षमाथि) तथा विश्वविद्यालयका विद्यार्थीलाई कोभिड विरुद्धको भेरोसेल खोप दिइने भएको छ ।

भदौ ४ देखि ६ गतेसम्म विद्यार्थीहरुलाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । परीक्षा दिने विद्यार्थीले प्रवेशपत्र देखाएर खोप लिन पाउनेछन् ।४० वर्षमाथिका नागरिकलाई पनि भोलिदेखि खोपको पहिलो डोज दिइने छ ।

काठमाडौं महानगरपालिकाका ३२ वटा वडा र आवश्यकता अनुसार पालिकाले तोकेको खोप केन्द्रबाट खोप लगाउन सकिने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्