प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ३ सय २१ जनाको पीसीआर परीक्षण गर्दा २ सय ८१ र ३ सय ४५ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १ सय ५, झापामा ८९, सुनसरीमा ६७, इलाममा ८, धनकुटामा ५, पाँचथर, उदयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।प्रदेश १ मा आज १ सय ८३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
संक्रमणमुक्त हुनेमा ८३ महिला र १ सय जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ ।







प्रतिक्रिया लेख्नुहोस्