२०८३ असार ५, शुक्रबार

पछिल्लो २४ घण्टामा थप ९ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ९ सय ५३ जनामा कोरोना संक्रमण देखिएको छ। १० हजार ५ सय ७९ जनाको परीक्षण गर्दा ९ सय ५३ जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही समयमा १ हजार ३ सय ७१ जना डिस्चार्ज भएका छन्।

अहिले देशभर सक्रिय संक्रमितको सङख्या १९ हजार ७ सय रहेको छ। जसमध्ये १८ हजार ३ सय ४० जना होम आइसोलेसनमा, १ हजार ३ सय ६० जना संस्थागत आइसोलेसन, २ सय ३७ जना क्वारेन्टाइनमा, ३ सय ६३ जना सघन उपचार कक्षमा र १ सय ९ जना भेन्टिलेटरमा रहेका छन्।

पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ। यही अवधिमा २ लाख १६ हजार ७ सय २५ जनालाई कोरोना विरुद्ध खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिउको छ ।

 

प्रतिक्रिया लेख्नुहोस्