२०७९ माघ १९, बिहिबार

दुई सय एक जना कोरोनाका सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा एक जना मात्रै कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार चार सय ३६ जनाको नमूना परीक्षण गर्दा जम्मा एक जनमा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सबै चार सय ३७ जनाको पिसिआर परीक्षण गरिएको हो ।

यस्तै, अहिले नेपालमा सक्रिय कोरोना सङ्क्रमितको संख्या जम्मा दुई सय एक जना रहेका छन् भने कोरोनाका कारण हालसम्म १२ हजार १९ जनाले ज्यान गुमाएका छन् ।

 

प्रतिक्रिया लेख्नुहोस्