सर्वोच्च अदालतका चार न्यायाधीश निमियत काममा फर्किएका छन्। यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दा नहेरेका चार न्यायाधीशहरु मंगलबारदेखि नियमित काममा फर्किएका हुन् ।
न्यायाधीशहरु बमकुमार श्रेष्ठ र मनोज शर्मा तथा तेजबहादुर केसी र कुमार रेग्मीले आफूहरुको इजलासमा बन्दीप्रत्यक्षिकरण बाहेकका मुद्दाको पनि सुनुवाई गरेका हुन् । न्यायाधीशहरु प्रकाश ढुंगाना र कुमार चुडालको इजलासमा भने बन्दीको मुद्दा मात्रै हेरिएको छ । अरु मुद्दालाई उनीहरुले हेर्न नभ्याउनेमा राखेका छन् । बाँकी रहेका न्यायाधीशहरु बारका पदाधिकारीसँगको छलफलमा छन् ।
गएको कात्तिक ८ गतेदेखि न्यायाधीशहरुले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै इजलास नबस्ने र बसे पनि बन्दीका मुद्दा मात्रै हेर्ने गरेका छन् । तर मंगलबार दुई इजलासमा रहेका चार न्यायाधीशले बन्दी बाहेकका नियमित मुद्दा पनि हेरेका हुन् । यसले प्रधानन्यायाधीश राणाको राजीनामा माग्ने विषयमा न्यायाधीशरु विभाजित भएको देखिएको छ ।







प्रतिक्रिया लेख्नुहोस्