खबरखाना डट कमको औपचारिक प्रकाशन आज (अक्टोवर १, २०२१) देखि प्रारम्भ भएको जानकारी गराउन पाउँदा हामीलाई खुशी लागेको छ । खबरखाना अर्थात सत्यतथ्य खबर उत्पादन, सम्पादन र प्रकाशन प्रसारण गर्ने ठाउँ । खारखाना प्रा. लि. द्वारा सञ्चालित खबरखाना डट कम व्यावसायिक पत्रकारितालाई मूल ध्येय बनाएर सुरु गरिएको अनलाइन पत्रिका हो ।
यस अनलाइन पत्रिकामा राजनीतिक विषयवस्तु त समेटिन्छन् नै, तर राजनीतिमुखी समाचार मात्र हुने छैनन् । समाजका सबैखाले जल्दाबल्दा समसामयिक विषय र मुद्दालाई उत्तिकै प्राथमिकता दिने अनि देखिएकाभन्दा छेलिएका कुरालाई उजागर गर्ने हाम्रो निरन्तर कोसिस रहनेछ । फेरि पनि भनौं, खबरखाना डट कमले नेताका अनुहार र भाषणलाई मात्र समाचारको आत्मा मान्ने छैन । र, कुनै राजनीतिक विचारको मुखपत्र बन्ने पनि छैन । पत्रकारिताका आदर्श, मूल्य र मान्यतामा यसले कदाचित् सम्झौता गर्ने छैन । अनलाइनकारितामा बेग्लै उपस्थिति जनाउने सत्प्रयास खबरखानाको रहनेछ । सत्यप्रतिको निष्ठाबाट हामी कद्दापी विचलित हुने छैनौं ।
सामाजिक न्याय र मानव समृद्विको पक्षमा रहँदै हामी हरेक घटनाबारे हाम्रा पाठक/दर्शकहरुलाई सु–सुचित गर्नेछौं । हो, हामी न्यायालय होइनौं, तर घटनाक्रमबारे सत्यतथ्यमा टेकेर वैज्ञानिक ढंगले चिरफार अवश्य गर्नेछौं र पाठकलाई आफ्नो मत बनाउन सहज पार्ने हाम्रो अर्को थप उद्देश्य हुनेछ ।
समस्त पाठक वर्गको सल्लाह, सुझाव र आलोचना हाम्रा लागि सदैव मार्गदर्शन हुनेछन् । तपाईंहरूसँग भएका महत्वपूर्ण जानकारी, सूचना, लेख, रचना र आफ्नो व्यवसायको विज्ञापन आदि उपलब्ध गराई यहाँहरुले हामीलाई सहयोग गर्न सक्नुहुनेछ । सहयोग र सम्पर्कका लागि खबरखाना डट कमको इमेल ठेगाना news@khabarkhana.com वा khabarkhanaonline@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । धन्यवाद !







प्रतिक्रिया लेख्नुहोस्