२०८३ असार ४, बिहिबार

सत्तारूढ गठबन्धनको समझदारी अबको बैठकमा सभापति तथा अध्यक्षहरू मात्र बस्ने

सत्तारूढ गठबन्धनमा आबद्ध चार दलका नेताहरूबीचको बैठक सकिएको छ । बालुवाटार स्रोतका अनुसार अर्को बैठकको समय भने तोकिसकिएको छैन ।

 

तर, आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको गठबन्धनका नेताहरूको बैठकमा अबको बैठकमा सभापति तथा अध्यक्षहरू मात्र बस्ने समझदारी भएको छ । एक राज्यमन्त्रीसहित ६ मन्त्री सबै दललाई बराबरी हुने गरी बनाउने एकमुष्ट समझदारी भए पनि कुन मन्त्रालय कसले पाउने भन्ने विषय विवादित बनेको छ ।

 

त्यसैले शीर्ष नेताहरूको बैठकमा अझै पनि मन्त्रालयको भागबन्डा मिल्न सकेको छैन । आज बिहान ९ बजेको बैठकमा सबै दलले दोस्रो तहका नेताहरू समेत राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्