२०८३ बैशाख २२, मङ्लबार

नेकपा (एमाले)बाट निर्वाचित वाग्मती प्रदेशका १२ सांसदद्धारा नेकपा (एकीकृत समाजवादी)मा सनाखत

 

नेकपा (एमाले) बाट निर्वाचित वाग्मती प्रदेशका १२ सांसदले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका  छन् । प्रदेश निर्वाचन कार्यालय हेटौँडामा १२ जना सांसद सनाखतका लागि उपस्थित भएको प्रदेशसभा एक जना सदस्यले बताएकाका छन् ।

उनका अनुसार राजेन्द्र पाण्डे, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल, वसुन्धरा हुमागाईं, वसन्त मानन्धर, रमा आलेमगर, कुसुम कार्की, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, मनु सिग्देल, माधव पौडेल र कृष्ण खनालको सनाखत भएको छ । अरू सदस्यहरूको भने भोलि सनाखत हुने उनले जानकारी दिएका छन् ।

निर्वाचन आयोगले दल रोज्नका लागि स्थानीय तह र प्रदेशका जनप्रतिनिधिलाई यही भदौ २२ गतेसम्मको समय दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्