न्युजिल्याण्डका बलर एजाज पटेलले भारतविरुद्धको दोस्रो टेस्टमा एकै पारीमा १० विकेट लिन सफल भएका छन् । भारतलाई पहिलो पारीमा ३ सय २५ रनमा अलआउट गर्ने क्रममा पटेलले सबै विकेट लिन सफल भएका हुन् ।
टेस्ट क्रिकेटको एउटै इनिङ्ग्समा १० विकेट लिने उनीमात्र तेस्रो खेलाडी हुन् । यसअघि सन् १९६५ मा इंग्ल्याण्डका जेसी लेकर र सन् १९९९ मा अनिल कुम्बलेले यो उपलब्धि हासिल गरेका थिए ।यसक्रममा पटेलले ४७।५ ओभर बलिङ गर्दै ११९ रन खर्चिए । एजाज भारतीय मूलकै खेलाडी हुन् ।
उनको जन्म २१ अक्टोबर १९९८ मा भारतको मुम्बईमा भएको थियो । उनी आठ वर्षको हुँदा उनको परिवार न्युजिल्याण्ड बसाइ सरेका भएका थिए ।







प्रतिक्रिया लेख्नुहोस्