प्रिमियर लिग फुटबलमा ब्राइटन र टोटेनहमबीचको खेल स्थगित भएको छ । बिहीबार बसेको प्रिमियर लिग बोर्ड बैठकले दुई टोलीबीचको खेल स्थगित गर्ने निर्णय गरेको हो ।
बुधबार मात्र टोटेनहमका आठजना खेलाडी र पाँचजना स्टाफलाई कोरोना संक्रमण भएको थियो । ब्राइटन र टोटेनहमबीचको खेल आइतबार हुने तालिकाका थियो । बुधबार क्लबका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले आठजना खेलाडीमा कोरोना संक्रमण देखिएको बताएका थिए । टोटेनहम बिहीबार रेनेससँग युरोपा कन्फेरेन्स लिग अन्तर्गत खेल पनि स्थगित भएको थियो ।
टोटेनहमले रेनस र ब्राइटनसँग माफी पनि मागेको छ । टोटेनहम हाल प्रिमियर लिग फुटबलको पाँचौं स्थानमा छ । लिगमा १४ खेल खेलेको टोटेनहमले २५ अंक जोडेको छ ।







प्रतिक्रिया लेख्नुहोस्