२०८१ माघ ५, शनिबार

भरुवा बन्दुक र खुकुरीसहित दुई जना पक्राउ

प्रहरीले भरुवा बन्दुक र खुकुरीसहित सोलुखुम्बुबाट दुई जनालाई पक्राउ गरेको छ । माप्य दुधकोशी गाउँपालिका–२ बस्ने ३२ वर्षीय खगेन्द्र राई र सोही ठाउँ बस्ने २४ वर्षीय प्रवेश राईलाई १ थान भरुवा बन्दुकसहित शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

सोलु दुधकुण्ड नगरपालिका–१ छिर्दी खोलास्थित निर्माणाधीन पुलका कामदारहरुलाई उनीहरूले धाकधम्की दिई कामदारहरूको मोबाइलसमेत लिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नुनथलाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हतियारसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्