कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका दुई जना धरौटीमा रिहा भएका छन्।
काठमाडौं जिल्ला अदालतको आदेश अनुसार दुई जना मंगलबार रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए। उनका अनुसार सहकारीको लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा तीन लाख धरौटी बुझाएर रिहा भएका हुन।
मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डयेको इजलासले उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। आइतबार ३९ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो।
यो सहकारीले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।







प्रतिक्रिया लेख्नुहोस्